Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
59いいね 886回再生

इन्दिरा धौराली इक्सा आक्रोशित पाथीभरा मुक्कुमलुङमा केबलकार खारेज नभए संस्कृति बिद्रोह सुरु भयो

#tangsangonlinetv निर्देशन पत्र :- मिति :- २०८१ /१० /१४
मुक्कुमलुङ गोलीकाण्डको बिरुद्धमा लिम्बुवान भोलेन्टियर्स (एल .भी .) को माङतोक कमाण्डले यहि माघ १५ गते झापाको
दमकमा बिरोध मार्च सम्पन्न गर्न निर्देशन जारी गरिएको छ :-
ताप्लेजुङको मुक्कुमलुङ –पाथिभरा मुन्धुमी पहाडलाई सबै आध्यात्मिक धार्मिकहरुले प्राकृतिक रुपमा नै पुज्न सकुन ,अध्यात्म /आस्था /धर्म जस्तो मन /मुटु /भावना संग जोडिएको बिषयलाई व्यापारीकरण नगरौ ,मुक्कुमलुङ –पाथिभरा को चुचुरोमा पुग्न अप्ठ्यारो नै परेको हो भने केवल कार बाहेक बाटोहरु बनाउने अन्य बैकल्पिक उपायहरु सोचौ तर चिल ले चल्ला टिपे जस्तै मुक्कुमलुङ मा आउने भक्तजनहरुको पैसा टप्प टिपेर खप्प खाने पुजिवादी व्यापारिक योजनाको केवलकार चाहि कुनै हालतमा नबनाउ भनेर बिगत बर्षहरु देखि शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन भैरहेको सर्बबिदितै छ |
यहि क्रममा यहि माघ १२ गते साझ ‘नो केवलकार ‘पक्षधर साथीहरु खाना खाइरहेको अवस्थामा ए .पी .एफ .ले मानौ दोस्रो विश्व युद्धमा जापान –जर्मन को सेनाले अमेरिका –रुसको सेनालाई भेटेर झम्टे झैँ निहत्था हाम्रो साथीहरु माथि अटोमेटिक बन्दुकले ब्रस्ट फायर गरि १ )याम लिम्बु – गोलीले तिघ्रा छेडेको ,२ ) सगुन लावती – छातीमा गोलीले वारपार गरेको ,३ ) धर्मान पालुङवा – कुटेर दाहिने कुम भाचिदिएको ,उहाहरुलाई अन्तिम अवस्था पुग्ने गरि घाइते बनाएर अरु दर्जनौ लाइ कुटपिट गरेको अवस्था छ |
ए .पी .एफ को यो दोस्रो विश्वयुद्धकालिन वा हिटलर –मुसोलिनि –इदी अमिन लाइ बिर्साउने हिंस्रकताले लिम्बुवान भोलेन्टियर्स (एल .भी .) लाइ स्तब्ध र आक्रोशित पारेको छ | लिम्बुवान भोलेन्टियर्स सधै लिम्बुवान र १०+१ नेपाल र सत्यको लागि लडने संगठन भएको र यहि क्रममा ए .पी .एफ .को हातबाट हाम्रो एल भी योद्धाहरु राज कुमार आङदेम्बे ‘’ माङतोक ‘’,मनिल तामाङ र लाजेहाङ (पदम ) लिम्बु शहिद भएको इतिहास साक्षी छ |
ए .पी .एफ .र यो देशको सत्ताले बुझ्नु पर्दछ –बन्दुकले कहिले पनि भूमिपुत्रहरु लाइ दबाउन सक्दैन ,त्यसमा पनि गोर्खे पृथ्वीनारायणको सेनालाई अरुण नदीमा कडा टक्कर दिएर बि .स .१८३१ श्रावन २२ गते लिम्बुवान –गोर्खा बीच सन्धि गरेर उक्त सन्धि बि .स .२०२५ साल सम्म कायम रहेको र ‘’ नहारेको भुमि /नहारेको जाति ‘’ भनेर चिनिएको यो लिम्बुवानमा लिम्बुवान भोलेन्टियर्सहरुलाई दबाउने कुरा काठमाडौँ को सत्ताको लागि असम्भव छ |
अन्त्यमा ,मुक्कुमलुङ गोलीकाण्डले एल .भी .स्तब्ध र आक्रोशित छ , हाम्रा मागहरु :- १ ,केवल कार निर्माण रोकिएको घोषणा राज्यपक्षले तत्काल गर्नु पर्छ , २ ,सिडिओ ,ताप्लेजुंग ए पी एफ को जिम्मेवार नेतृत्व ,फुंङलिङ मेयर ,पाथिभरा बिकाश समिति को अध्यक्ष लाइ तत्काल निलम्बन गरि सर्बोच्च अदालतको न्यायधिस को संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरि गोलीकाण्ड को छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही हुनुपर्छ , ३ ,घाइतेहरुको उपचार हुनुपर्छ र उनीहरुलाई जीवन भर पुग्ने क्षतिपूर्ति दिनु पर्छ ,४ ,केवल कार को खलनायक चन्द्र ढकाल को लगानी रहेको बैंक हरु बहिस्कार गर्ने छौ |
यहि स्तब्धता –आक्रोशता सहित मुक्कुमलुङ गोलीकाण्ड को बिरुद्धमा यहि माघ १५ गते दिनको १२ बजे लिम्बुवान भोलेन्टियर्स (एल .भी .) को मांङतोक कमाण्ड लाइ झापाको दमकमा लोकतान्त्रिक ,गणतान्त्रिक ,शान्तिपूर्ण बिरोध मार्च पास गर्न यो निर्देशन जारी गरिएको छ |
नोट – माइ पूर्वको एल भी हरुले मेची मार्ग बन्द र सुनसरी धरान ,धनकुटा का एल भी हरुले तमोर करिडर बन्द लाइ सफल बनाउन ससक्त भूमिका खेल्नु होला | जय लिम्बुवान ,जय १०+१ प्रान्त ,

कुमार लिङदेन ‘मिराक ‘, अध्यक्ष (हाइ कमाण्ड )

コメント